सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

‘स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समिति’ले आज गठबन्धनका शीर्ष नेतालाई प्रतिवेदन बुझाइँदै

‘स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समिति’ले आज गठबन्धनका शीर्ष नेतालाई प्रतिवेदन बुझाइँदै

काठमाडौँ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले गठन गरेको ‘स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समिति’ले पार्टीका शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने भएको छ ।

स्थानीय तहमा रहेको गठबन्धनमा रहेका पाँच दलको पछिल्लो अवस्थाको मूल्याङ्कन गरी तयार पारेको सुझावसहितको प्रतिवेदन कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले आज बिहान ९ बजे शीर्ष नेतृत्वलाई बुझाउन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा समितिले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन र त्यसका आधारमा तय गरिएको चुनावी तालमेलको मोडालिटी नेताहरुलाई बुझाउन लागेको हो।

गठबन्धनमा आबद्ध दलहरू कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णयमा पुगेपछि उक्त प्रतिवेदन तयार पारिएको हो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend