logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • फिलिपिन्समा आँधी पछि बाढी पहिरो: ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो

    फिलिपिन्समा आँधी पछि बाढी पहिरो: ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्यो

    3.9K
    Shares

    एजेन्सी ।  फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । फिलिपिन्सको पूर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यको बेबे सहरमा २२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ थप ६ जना बेपत्ता छन् । अरु तीन जनाको दाभाओ क्षेत्रमा ज्यान गएको हो ।

    ठूलो पानीसँगै आएको ‘मेघी’ नामको आँधीका कारण १३ हजारभन्दा धेरै नागरिक विस्थापित भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आँधीले घरको छाना उडाउनुका साथै जताततै रुखहरु ढलेको छ । बिजुलीको आपूर्ति ठप्प छ । सयौँ गाडीमा क्षति पुगेको छ ।

    यातायात सेवा प्रभावित भएको छ । त्यहाँको सरकारले आँधी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान र सचेत रहन अनुरोध गरेको छ । ‘मेघी’ फिलिपिन्समा आएको यो वर्षको पहिलो आँधी हो । फिलिपिन्समा यसअघि गएको डिसेम्बरमा आएको ‘राई’ नामको आँधीका कारण चार सयभन्दा धेरैले ज्यान गुमाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend