मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

‘निःशुल्क खानेपानी, सुखी जिन्दगानी’ माधव नेपालको चुनावी एजेण्डा

‘निःशुल्क खानेपानी, सुखी जिन्दगानी’ माधव नेपालको चुनावी एजेण्डा

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले ‘निशुल्क खानेपानी, सुखी जिन्दगानी’ लाई चुनावी एजेण्डा बनाएको छ । यसअन्तर्गत पानीको सुविधा पुगेका पालिकाका हरेक घर–परिवारलाई मासिक दश हजार लिटर पानी निःशुल्क उपलब्ध गराउने भनिएको छ ।

खानेपानी नपुगेका स्थानमा खानेपानीको सुविधा पु¥याइने पनि स्थानीय तह निर्वाचन घोषणापत्र– २०७८ को मस्यौदामा उल्लेख छ । हरेक घर परिवारमा खानेपानी पु¥याउने काम स्थानीय सरकारको उच्च प्राथमिकता हुने र सोहीअनुसार बजेटको प्राथमिकता प्रतिबद्धता घोषणापत्रमा छ ।

हरेक पालिकामा युवा विभाग, हरेक वडामा खेल मैदान, संरक्षित कृषि बजार, प्रत्येक घर–परिवारलाई २०० युनिट निशुल्क बिजुली, सामुदायिक विद्यालयको सुधार, निशुल्क आधारभूत स्वास्थ्य उपचार लगायतका एजेण्डा पनि घोषणापत्रमा समेटिएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend