
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाललाई बिस्तारै आधुनिकीकरण गर्दै लानुपर्ने अहिलेको आवश्यक्ता र चुनौति भएको बताएका छन् । मंगलवार शहरी विकास मन्त्रालयले आयोजना गरेको राष्ट्रिय शहरी नीति, शहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमा सम्बन्धी परामर्श गोष्ठीमा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।
उनले नेपालमा अहिले रहेका पुराना बस्तीहरु जोखिममा रहेको र त्यसले सुरक्षामा थुप्रै जटिलताहरु सिर्जना गरेको बताए । गृहमन्त्री खाँणले पछिल्लो समय शहरीकरणको मात्रा तीव्र गतिमा बढीहरको भन्दै शहरीकरणका लागि योजनावद्ध योजना तर्जुमा गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले शहरको रुप नलिसकेका बस्तीहरुलाई व्यवस्थित बनाउनु पर्ने बताए । गृहमन्त्री खाँणले आधुनिक बस्ती, आधुनिक शहरीकरणको परिकल्पना गर्दा दुर्गम बस्तीहरुलाई पनि समेट्न जरुरी रहेको बताए ।
गृहमन्त्री खाँणले नेपालमा कतिपय जिल्लाका केही स्थानहरुमा अझै पनि सवारीसाधनको पहुँच नपुगेको उल्लेख गर्दै ती ठाउँलाई अति दुर्गम स्थानको रुपमा घोषणा गरी राज्यले प्राथमिकताका साथ राखेर विकास गर्न आवश्यक रहेको बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend