logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • ल्यान्डफिल साइटको अझै व्यवस्थापन नहुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ

    ल्यान्डफिल साइटको अझै व्यवस्थापन नहुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ

    8.1K
    Shares

    काडमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल साइटको अझै व्यवस्थापन नहुँदा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । विमानस्थल निर्माण कार्य करिव सकिएर २ साता अघि चिनिया विदेश मन्त्री नेपाल भ्रमणका बेला विमानस्थलको सांकेतिक साँचो प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण समेत भएको छ ।

    तर विमानस्थलको निर्माण कार्य पूरा भएर पनि विमानस्थल नजिकै रहेको फोहोर विसर्जनस्थल ल्यान्डफिल साइट व्यवस्थापन हुननक्दा विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ । सुरक्षित उडानका लागि विमानस्थल दुई किलोमिटर क्षेत्रमा रहेको ल्यान्डफिल साइटलाई उपयुक्त ठाउँमा स्थानान्तरण गरेर व्यवस्थापन गर्नु पर्यटन मन्त्रीको अध्यक्षतामा समिति बने पनि काम भएको छैन । पोखरा महानगरपालिकाले ल्यान्डफिल साइट अन्य स्थानमा नसारेसम्म विमानस्थल सञ्चालन गर्न समस्या रहेको छ ।

    मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सहित सरोकारवाला निकायहरु बीच बुद्ध एयरले ल्याण्डफिल साइटको विषयमा छलफल भएको छ । छलफल कार्यक्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले पोखरा विमान स्थल राष्ट्रिय गौरवको आयोजना भएकाले नीजि क्षेत्र र प्रदेश सरकार सहकार्य गरेर काम गर्ने बताए । उनले पोखरा विमानस्थल सञ्चालनको लागि ल्याण्डफिल साइट हटाएर नयाँ ठाँउमा बनाउनको लागि सहजिकरण समितिले १५ दिन भित्र ल्याण्डफिल साइट बनाउने स्थानको रिर्पोट ल्याउन निर्देशन दिए ।

    मुख्यमन्त्री पोखरेलले ल्याण्डफिल साइट लागि तोकिएको स्थानको जग्गाको संरचना, सरकार वा निजी जग्गाको विषयमा तत्काल समितिले टुङगो लगाउनु पर्ने बताए । उनले त्यहाँका जनताको समस्या, क्षेतिपूर्तिको विषयमा र प्रविधिक विज्ञ समेत राखेर रिर्पोट तत्काल तयार गर्ने आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend