आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

स्थानिय निर्वाचनमा एमालेलाई धुलो चटाउने हो : एकीकृत समाजवादी नेतृ सोडारी

स्थानिय निर्वाचनमा एमालेलाई धुलो चटाउने हो : एकीकृत समाजवादी नेतृ सोडारी

काठमाडौं । अखिल नेपाल महिला संघ एकीकृत समाजवादीकी केन्द्रीय सदस्य गीता सोडारीले वैशाखमा हुने स्थानिय तह निर्वाचनमा एमालेलाई धुलो चटाउने बताएकी छन् । सुनौलो नेपाल संँगको कुराकानीमा केन्द्रीय सदस्य सोडारीले यस्तो बताएकी हुन् ।

‘आउने निार्वचनमा सत्ता गठबन्धनको एउटै उद्देश्य भनेको एमालेलाई धुलो चटाउने हो ।’ उनले भनिन– ‘समाजवादीको उद्देश्य एमाललेलाई हराउने छ ।’ उनले निर्वाचनमा पत्तासाफ भएपछि केपी ओली अन्य कम्युनिष्टसंग मिल्न आउने बताईन् । निर्वाचन पछि कम्युनिष्ट पार्टी एक हुन सक्ने उनको भनाई छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट छुटाएर समाजवादी पार्टी बनाउन बाध्य बनाएको उनले बताईन् । एमालेले आफुहरुलाई ठुलो अन्याय गरेको दुखेसो गरिन् । ‘केपी ओलीले समाजवादीलाई कति ठुलो अन्याय गरेको छ । त्यो अन्याय माफिको लायक पनि छैन ।’ उनले भनिन्– ‘यसका लागि केपी ओलीले जति माफि मागेपनि पुग्दैन ।’

बझाङमा केपी शर्मा ओलीको चुनावी कार्यक्रमको समयमा १८ वर्षे किशोरको खोलामा डुवेर मृत्युभएको सन्दर्भ निकाल्दै सोडारीले भनिन–‘चुनावी कार्यक्रम गरेर मान्छे मार्न पाईन्छ ? त्यो किशोर मरेको जिम्मा केपी शर्मा ओलीले लिने की नलिने ?

वृद्धभत्ताको थालनी माधन कुमार नेपालले गरेको बताउदै सोडारीले वृद्धभत्ताको बिषय समाजवादीको घोषणापत्रमा राख्ने बताईन् । ‘वृद्धभत्ताको थालनी माधव कुमार नेपालले गर्नुभएको हो । एमालेले जेसुकै भनोस्, मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पार्टीको महासचिव माधव कुमार नेपाल हुनुहुन्थ्यो त्यसैले वृद्धभत्ताको सुरुवात गर्ने व्याक्ति माधव कुमार नेपाल हो ।’

एमाले पार्टीमा हत्यारा, बलात्कारी, भ्रष्टाचारी नेताहरु प्रशस्तै रहेको उनले आरोप लागाईन् । अखिल नेपाल महिला संघ एकिकृत समाजवादीको सुदुरपश्चिम प्रदेशको सचिव समेत रहेकी सोडारीले पार्टीले दिएको खण्डमा मेयमा उठन तयार रहेको र आफु मेयर उठे जित्ने पनि दाबी गरिन ।

‘म मेयरमा लड्न तयार छु र म जित्छु पनि । तर गठबन्धन हुँदा कहिलेकाँहि ब्याक पनि हुनुपर्ने हुन सक्छ ।’ सुदुरपश्चिम प्रदेशका महिला अझैपनि छाउपडी प्रथा मान्नुपर्ने, बालविवाह, चेलीवेटी वेचविखन जस्ता कैयौंं समस्याबाट जुध्न परिरहेको सुनाउदै ती समस्या काठमाडौंमा बस्नेले नजान्ने बताईन् ।

छाउगोठ भत्काउने प्रवृतिको विरोध गर्दै सोडारीले भनिन्– ‘सवैभन्दा पहिला त हाम्रो नकारातकम सोचको पर्खाल भत्काउनुपर्ने हो नी ती गोठहरु किन भत्काउने? महि मेहनत र पैसा खर्च गरेर बनाएको सम्पत्तिको किन तहसनहस बनाउने ? त्यो गोठ अन्य कामका लागि प्रयोग गर्न सकिन्छ । पहिला त सोच बदलनुपर्यो । ’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend