logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • भरतपुरलाई विश्वकै आकर्षक महानगर बनाउँछु, रेनुले वितरण गरेको लालपुर्जा चुनावी प्रपोगाण्डा मात्रै हो : मेयरका उम्मेदवार सुवेदी

    भरतपुरलाई विश्वकै आकर्षक महानगर बनाउँछु, रेनुले वितरण गरेको लालपुर्जा चुनावी प्रपोगाण्डा मात्रै हो : मेयरका उम्मेदवार सुवेदी

    11.8K
    Shares

    चितवन । नेकपा एमालेका तर्फबाट भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरमा आफुले जिते महानगरलाई विश्वकै आकर्षक महानगरको रुपमा विकास गर्ने बताएका छन् । सुनौलो नेपाल संगको कुराकानीमा महानगरलाई समृद्ध बनाउन गुरुयोजना सहित अघि बढ्ने आफ्नो योजना रहेको बताउँदै सुवेदीले भरतपुर महानगरपालिकालाई विश्वकै आकर्षक महानगरको रुपमा विकास गर्ने बताएका हुन् ।

    पाँच दलको गठबन्धन छ, त्यसमा पनि माओवादीले प्रचण्ड पुत्री रेनु दाहाललाई पुनः मेयरमा उठाउने भनेको छ । रेनुले गरेको कामले तपार्ईलाई असर पार्छकी ? भन्ने प्रश्नमा सुवेदीले भरतपुरका सवै दलले आफुलाई भोट गर्ने उनले बताए ।
    ‘मैले भरतपुरको मेयर जित्छु भन्नेमा म विश्वस्त छु । किनभने म महानगरको विकासका लागि पुर्ण रुपमा लागिरहेको छु ।’ उनले भने– ‘मलार्इृ समाजवादीको नेताहरु सहित माओवादीमा आस्था राख्ने मतदाताले पनि भोट गर्नेछन् ।’

    एमालेबाट छुट्टिएर गएका समाजवादीका नेताहरुसगँ हिजोको दिनमा राजनितीमा सगैं दुःख गरेको बताउदै उनीहरुले पनि आफुलाई सहयोग गर्ने उनको भनाई छ । चुनावका वेला राजनितीक दलहरुले जे पनि बोल्ने गरेको सुनाउँदै सुवेदीले आफुले गर्र्न सक्ने र सम्भवन हुने मात्रै बोल्ने बताए ।

    ‘म अहिलेसम्म जे बोलेको छु, त्यो पुरा गर्दै आएको छु । म सम्भव हुने कुरा मात्रै बोल्छु । नहुने र नसक्ने कुरा गर्दिन र नहुने कुरालाई सिधै यो कुरा मबाट हुन्न भन्छु ।’ भरतपुर बासीलाई व्यवसायीक उत्पादन संगँ जोडी उनीहरुका उत्पादन विक्रि गर्ने जिम्मा महानगरले लिने उनको योजना छ ।

    मेयर बनेपछि सवैभन्दा पहिला महानगर सफा राख्नतर्फ लाग्ने बताउँदै सुवेदीले हफ्ताको एक दिन आफै फोहोर टिप्न पुग्ने बताए । ‘सबैभन्दा पहिला महानगर सफा राख्नुपर्छ । त्यसैले मैले के सोचेको छु भने म मेयर बनेपछि हफ्ताको एकदिन म आफै फोहोर टिप्न हिड्छु । फोहोरको वर्गीकरण हुनेछ । सिसा, प्लाष्टिक, फलाम तथा कुहिने वस्तुहरु अलग अलग उठाईनेछ । र ति फोहोरलाई पनि सदुपयोग गरि सफा महानगर बनाउनेछु ।’

    उम्मेदवार सुवेदीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भरतपर महानगरपालिकाकी मेयर रेनु दाहालले भुमिहिनका लागि बाँडेको लालपुर्जा चुनावी प्रपोगाण्डा मात्रै भएको बताए । ‘देवी ज्ञवाली जी ले भरतपुर महानगरका मात्रै होईन देशका ७७ ओटै जिल्लाका भुमिहिन नागरिकलाई लालपुर्जा दिने कार्यविधि बनाईसक्नुभएको थियो । यदि अहिले देवी ज्ञवाली जी मेयर भएकोे भए भरतपुरका सवै भुमिहिनले उहिले नै लालपुर्जा पाईसक्थे । तर प्रचण्ड र रेनुले ५० जनालाई मात्रै लालपुर्जा दिनुभएको छ । सबै प्रक्रिया देवी ज्ञवाली वी ले नै पुरा गरिसक्नुभएको थियो । अनि सबैलाई लालपुर्जा किन नदिएको ? त्यो पनि चुनावको बेलामा ५० जनालाई मात्रै बाड्नुको अर्थ त सजिलै बुझ्न सकिन्छ नी ।’ उनले भने ।

    जस्ले गरेपनि राम्रोलाई राम्रो भन्नुपर्ने भन्दै सुवेदीले भने– ‘तीनै ५० जनालाई मात्रै भएपनि दिन त दिनुभयो त्यसको लागि धन्यवाद दिनु चाहान्छु । तर म मेयरमा आएपछि महानगरका सवै भुमिहीनलाई लालपुर्जा उपलब्ध गराउछु ।’ महानगगरमा कोही पनि बेघर नहोस भन्नका लागि बासस्थान नभएकाहरुलाई अस्थाई नै भएपनि बासको व्यवसथा गरि बेघर हुनबाट बचाउने योजना रहेको सुवेदीले बताए ।

    महानगरका निजी तथा सरकारी दुवै क्षेत्रमा राज्यको भुमिका रहने उनको भनाई छ । सेवा सुविधा लिनुहुन्छ की लिनुहुन्न भन्ने प्रश्नमा सुवेदीले राजनीति बाहेक आफ्नो कुनै पनि अन्य काम नभएको सुनाउदै आफ्नो खर्च व्यवस्थापन गर्नका लागि जनप्रतिनिधिलाई राज्यले दिने सुविधा लिने तर त्यो बाहेक राज्यको एक रुपैयाँ पनि दुरुपयोग नगर्ने दाबी गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend