मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

कांग्रेसबाट सिद्धार्थनगरको मेयर उम्मेदवारमा इस्तियाक खान सिफारिस

कांग्रेसबाट सिद्धार्थनगरको मेयर उम्मेदवारमा इस्तियाक खान सिफारिस

बुटवल । सिद्धार्थनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले संविधान सभा सदस्य इस्तियाक अहम खानलाई उम्मेद्वार सिफारिस गरेको छ । सुरुमा कांग्रेस रहेका खान केही वर्ष राप्रपामा थिए । उपमेयर पद गठबन्धनका दलले लिने भएकाले नाम सार्वजनिक नगरिएको कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खांणले बताए ।

यसअघि सिद्धार्थनगरमा एमालेले मेयर पदका लागि नेताहरु भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र वर्तमान मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस गरि पठाएको छ ।

एमालेबाट कसले टिकट पाउने भन्ने टुंगो लाग्न बाँकी छ । राप्रपाले भने पूर्व मेयर सागरप्रताप राणालाई उठाउने तयारी गरेको छ । सिद्धार्थनगरमा जसपा गठबन्धनबाट अलग भएको छ । तर उसले उम्मेदवार टुंगो लगाएको छैन ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend