सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

शेयर बजार मापक नेप्से परिसूचकमा बुधवार उच्च अंकले गिरावट

शेयर बजार मापक नेप्से परिसूचकमा बुधवार उच्च अंकले गिरावट

 

काठमाडौं । मंगलबार १३.३७ अंकले बढेको शेयर बजार मापक नेप्से परिसूचकमा बुधवार उच्च अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ३६.७३ अंक घटेर २३२०.५१ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंकले गिरावट आएको छ ।

बुधबार कारोबारमा आएका २२८ कम्पनीको ३५ लाख ७० हजार कित्ता शेयर १ अर्ब ४५ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेमा गिरावट आए पनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार १ अर्ब ३२ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८२ प्रतिशत घटेको छ । त्यस्तै,विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

बुधबार नेप्सेपरिसूकमा गिरावट आए पनि दुई वटा कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा जाल्पा लघुवित्त र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, दुई साता सकारात्मक सर्किट लेभलमा कारोबार भएको नेष्डो समृद्ध लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेष्डो समृद्ध लघुवित्त नै शीर्ष स्थानमा रहेको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend