logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाल अध्ययन अनुसन्धानको उर्वर भूमी हो: अध्यक्ष ओली

    नेपाल अध्ययन अनुसन्धानको उर्वर भूमी हो: अध्यक्ष ओली

    8.2K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल अध्ययन अनुसन्धानको उर्वर भूमी रहेको बताएका छन् । आज ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्

    उनले अन्तरीक्षको पहिला अध्यता आर्य भट्ट रहेको बताए ।

    ‘आज चन्द्रमामा मान्छे पुग्यो होला, अन्तरीक्षको अध्ययन हुँदै होला तर, पहिलो अन्तरीक्षका अध्यता हाम्रा पूर्खा हुन् । सबै भन्दा पहिले आर्य भटले अन्तरीक्षको बारेमा सौर्य मण्डल के हो ? भन्ने बारे छैटौं शताब्दी पत्ता लगाएका थिए,’ उनले भने ।

    यस्तै, उनले भाष्कर आचार्यले १३औं शताब्दीमै गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएको बताए । ‘वि.स ११५० मा त्यो कुरा पत्ता लगाएका थिए । वि.स १२१० मा सिद्धान्त सिरोमनी भन्ने पुस्तक प्रकाशन भएको थियो । जसमा उनले त्यसबारे ब्याख्या गरेका छन्,’ उनले भने ।

     

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend