आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

निर्वाचन सार्ने गठबन्धनको कुनै तयारी भएको छैन: अध्यक्ष प्रचण्ड

निर्वाचन सार्ने गठबन्धनको कुनै तयारी भएको छैन: अध्यक्ष प्रचण्ड

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशमा पनि सहमतिका आधारमा तालमेल हुने बताएका छन् । अध्यक्ष प्रचण्डले बिहीबार धनगढी विमानस्थलमा पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

उनले केन्द्रमा भएको सहमति र भावनाअनुसार गठबन्धनका दलबीच तालमेल हुने बताएका छन् ।

प्रचण्डले निर्वाचन सार्ने गठबन्धनको कुनै तयारी नभएको स्पष्ट पारे। उनले भने, ‘गठबन्धन ढृढतासहित निर्वाचन प्रक्रियामा गइसकेको छ। अब बैशाख ३० मै स्थानीय निर्वाचन हुन्छ।’

उनले पार्टीमा विभाजित भएका साथीहरु माओवादीमा फर्कन थालेको दाबी गरे । उनले विकास, निर्माण र समृद्धिको सपना जुन देखेका छौं त्यो उल्ट्याउने षडयन्त्र जारी रहेको बताए । प्रचण्डले प्रतिगमन र प्रतिक्रान्तिविरुद्धको आन्दोलन गर्ने शक्ति एकातिर र प्रतिगमनका पक्षधर अर्कातिर गठबन्धन गरेर निर्वाचनमा होमिएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend