logo

२०८१ असोज १६ बुधबार

logo
  • बुधबार, १६ असोज २०८१
  • गठबन्धनमा सहमति नजुटेपछि कास्कीको मादी गाउँपालिकामा कांग्रेस एक्लै लड्ने

    गठबन्धनमा सहमति नजुटेपछि कास्कीको मादी गाउँपालिकामा कांग्रेस एक्लै लड्ने

    4.8K
    Shares

    पोखरा । कास्कीको मादी गाउँपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने भएको छ । कांग्रेसका मादी गाउँपालिका सभापति यमबहादुर गुरुङले शनिबार विज्ञप्ति जारी गरी निर्वाचनमा तालमेल गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेको भन्दै मित्रवत प्रतिस्पर्धा गर्ने बताएका छन् ।

    गाउँपालिका अध्यक्षमा कांग्रेस र नेकपा माओवादी केन्द्र दुबैले दाबी गरेका थिए । कांग्रेसले मादी गाउँपालिकाको अध्यक्षमा १२ जनाको नाम सिफारिस गरेको छ ।

    गठबन्धनलाई ध्यानमा राखेर उसले उपाध्यक्षको उम्मेदवार भने सिफारिस गरेको छैन । अध्यक्षमा नेकपा माओवादी केन्द्रले पनि चार जनाको नाम सिफारिस गरेको छ ।

    कास्कीका ५ पालिकामध्ये माओवादीले मादीलाई मात्र आफ्नो प्रभाव क्षेत्रको रुपमा लिएको छ । यस गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले ६ वटा वडा र नेपाली कांग्रेस र माओवादी केन्द्रले समान ३÷३ वडाको अध्यक्ष जितेका थिए ।

    अघिल्लो चुनावमा नेकपा एमालेका वेदबहादुर गुरुङले कांग्रेसका देवीजंग गुरुङलाई करिब एकहजार मतान्तरले पराजित गरेर अध्यक्ष चुनिएका थिए ।

    मादीमा अघिल्लो पटक १३ हजार ५५९ मतदाता रहेकोमा यसपटक ५ हजार २२३ जना थपिएको निर्वाचन आयोग, पोखराको तथ्यांक छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend