
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसका शीर्ष नेताको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा काँग्रेसका शीर्ष नेताहरु छलफलमा छन् ।
शुक्रबार र शनिबार प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको शीर्ष नेताको छलफलमा सहमति जुट्न नसकेपछि अहिले पार्टी सानेपामा छलफल भइरहेको छ । बिहान ९ बजे शीर्ष नेताको बैठक बस्ने पनि साढे १० बजेपछि मात्र छलफल सुरु भएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend