आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

स्थानीय तह निर्वाचनका लागि मोरङका १५ स्थानीय तहमा उमेदवार तय, यी हुन् उम्मेदवार

स्थानीय तह निर्वाचनका लागि मोरङका १५ स्थानीय तहमा उमेदवार तय, यी हुन् उम्मेदवार

विराटनगर । नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि मोरङका १५ स्थानीय तहमा उमेदवार तय गरेको छ । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लाका १७ मध्ये १५ पालिकामा उमेदवार तय भइसकेको एमाले मोरङले जनाएको छ ।

एमालेले सुनवर्षी नगरपालिकाको मेयरमा श्याम राजवंशी र उपमेयरमा मीरा दास, पथरीशनिश्चरे नगरपालिकाको मेयरमा मोहन तुम्बापो र उपमेयरमा देवीमाया काफ्ले, उर्लाबारी नगरपालिकाको मेयरमा गंगा खरेल र उपमेयरमा मीना पौडेललाई उमेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै, रतुवामाई नगरपालिकाको मेयरमा दुर्गा विष्ट र उपमेयरमा दयन्ता चुँडाल उमेदवार हुनेछन् । चुँडाल बहालवाला उपमेयर हुन् ।

लेटाङ नगरपालिकाको मेयरमा भूपेन्द्र लावती र उपमेयरमा कृष्णकुमारी निरौला उमेदवार रहनेछन् । कृष्णकुमारी बहालवाला उपमेयर हुन् ।

सुन्दरहरैँचा नगरपालिकाको मेयरमा केदार गुरागाईं र उपमेयरमा अकली चौधरीले टिकट पाएका छन् । रंगेली नगरपालिकाको मेयरमा दिलीप बगडिया र उपमेयरमा भूमा पराजुली उमेदवार बन्नेछन् । बगडिया हालै मात्र नेकपा (माओवादी केन्द्र) त्यागेर एमालेमा गएका हुन् ।

यसैगरी, बेलबारी नगरपालिकाको मेयरमा डीपी राई र ज्ञानेन्द्र सुवेदीको चर्चा छ । उपमेयरमा भने गंगा श्रेष्ठले टिकट पाएकी छन् ।

ग्रामथान गाउँपालिकाको अध्यक्षमा शिवनारायण माझी र उपाध्यक्षमा गुणावती धामी, कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङ्नाम र उपाध्यक्षमाा भोला अधिकारी, मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नरेन्द्रप्रसाद ढुंगेल र उपाध्यक्षमा निर्मला राई, केराबारी गाउँपालिकाको अध्यक्षमा सुमन मिरिङ्चिङ र उपाध्यक्षमा मनमाया मगर उमेदवार बन्नेछन् ।

बूढीगंगा गाउँपालिकाको अध्यक्षमा बलभद्र सरदार र उपाध्यक्षमा तुलसा कुवँर विष्ट, कटहरी गाउँपालिकाको अध्यक्षमा सुवास सरदार र उपाध्यक्षमा सीता राजवंशी, कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङ्नाम र उपाध्यक्षमा भोला अधिकारी, मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नरेन्द्रप्रसाद ढुंगेल र उपाध्यक्षमा निर्मला राई उमेदवार बन्नेछन् ।

जहदा गाउँपालिकाको अध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेन उमेदवार बन्नेछन् । धनपालथान गाउँपालिकाको अध्यक्षमा मुसहरु मण्डल र उपाध्यक्षमा उपासीदेवी राजवंशी उमेदवार बन्ने तय गरिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend