सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

कांग्रेसको तर्फबाट विराटनगर महानगरको मेयर टिकट नागेश कोइरालालाई

कांग्रेसको तर्फबाट विराटनगर महानगरको मेयर टिकट नागेश कोइरालालाई

विराटनगर । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकामा नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाउने भएको छ । पार्टीले कोइरालाला मेयरकोे उम्मेदवारका लागि टिकट दिएको नेता डा. शेखर कोइरालाको सचिवालयले पुष्टि गरेको छ ।

उनका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘विराटनगरमा नागेश कोइरालाले टिकट पाउनुभयो । उहाँ टिकट लिन पार्टी कार्यालय जाँदै हुनुहुन्छ ।’

विराटनगरमा कुरा नमिल्दा कांग्रेसले महानगरपालिकाको उम्मेदवारी टुंग्याउन ढिलाई गरेको थियो ।
विराटनगरको प्रमुखमा डा. कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिएका थिए ।

यस्तै सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व केन्द्रीय सदस्य अमृत अर्याल र केन्द्रीय सदस्य डा.डिला संग्रौलालाई अघि सारेका थिए ।

महानगरको प्रमुखमा उम्मेदवारका लागि टिकट पाएका नागेश मोरङ कांग्रेसका उपसभापति हुन् । १३ औँ महाधिवेशनमा उनी जिल्ला सचिव थिए । नागेश पार्टीका पूर्वकोषाध्यक्ष पनि हुन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend