आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एमालेले बागलुङका १० वटै पालिकामा टुङ्यायो उम्मेदवार

एमालेले बागलुङका १० वटै पालिकामा टुङ्यायो उम्मेदवार

 

बागलुङ । नेकपा (एमाले)ले बागलुङका १० पालिकामै उम्मेदवारको टुङ्गो लगाएको छ । पाँच पालिकामा यसअघि नै उम्मेदवार टुङ्याइएको एमालेले थप पाँच पालिकामा उम्मेदवारको टुङ्गो लगाएको हो । एमाले गण्डकी प्रदेशको निर्णयानुसार बागलुङ नगरपालिकाको नगरप्रमुखमा जनकराज पौडेललाई दोहोर्‍याउने निर्णय गरिएको छ । बागलुङ नगरको उप प्रमुखमा पवित्रा रोकाले टिकट पाएकी छन् । जनकराज पौडेल यसअघि बागलुङको नगर प्रमुखसमेत थिए ।

यस्तै एमालेले काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की र उपाध्यक्षमा कोपिला पुन, बडिगाड गाउँपालिकाको अध्यक्षमा राजन पाइजा र उपाध्यक्षमा मीना रायमाझी, बरेङ उपपालिकाको अध्यक्षमा प्रदीप थापा र उपाध्यक्षमा दुर्गा कार्कीलाईलाई टिकट दिएको छ ।

यस्तै ढोरपाटन नगरपालिकामा देवकुमार नेपालीलाइै एसअघिनै टिकट दिइसकेको थियो भने करमती पुनलाई एमालेले पुन ढोरपाटनको उपप्रमुख बनाउन टिकट दिएको छ । यसअघिनै बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा देवेन्द्र छन्त्याल र उपाध्यक्षमा टेकमति विक, ढोरपाटन नगरपालिका प्रमुखमा देवबहादुर नेपाली, ताराखोला गाउँपालिका अध्यक्षमा ऋषिराम रोका र उपाध्यक्षमा थममाया घर्ती, गलकोट नगरपालिका प्रमुखमा पूर्ण काउछा र उपप्रमुखमा रुपा विक तथा जैमिनी नगरपालिका प्रमुखमा लीला राना र उपाध्यक्षमा यमुना शर्माले टिकट पाएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend