मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेस गोरखा नगरका मेयर उम्मेदवार

आफ्नै कार्यकर्ताबाट कुटिए कांग्रेस गोरखा नगरका मेयर उम्मेदवार

गोरखा । नेपाली कांग्रेसबाट गोरखा नगरपालिकाको मेयरको टिकट पाएका उम्मेदवार विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । कांग्रेसकै केही कार्यकर्ताले उनीमाथि हातपात गरेका हुन् ।

मेयरका लागि टिकट लिएर फर्केका उनी जिल्ला सदरमुकामको बैंकरोडस्थित दिपक डिजिटल फोटो स्टुडियोमा फोटो खिचाउन पसेका थिए ।

सोही क्रममा स्टुडियो भित्रै पसेर आफूमाथि केही युवाहरुले हातपात गरेको श्रेष्ठ स्वयंले बताएका छन् । उनको हातमा चोट लागेको छ ।

उनलाई अहिले पार्टी कार्यालय लाने तयारी गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend