आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

डोल्पामा एकीकृत समाजवादीका तीन जना उम्मेदवार निर्विरोध निर्वाचित

डोल्पामा एकीकृत समाजवादीका तीन जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनका लागी मनोनयन गर्ने दोस्रो तथा अन्तिम दिन आज नेकपा एकीकृत समाजवादीका तीन जना उम्मेदवार निर्विरोध भएका छन् । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न अरु नआएपछि एकीकृत समाजवादीबाट दुई वटा गाउँपालिकाका अध्यक्ष र एक जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

डोल्पाको काइके गाउँपालिकाका अध्यक्ष अंगद राना र छार्का ताम्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङ निर्विरोध भएको बताइएको छ । त्यस्तै डोल्पो बुध्द गाउँपालिकाका उपाध्यक्ष र अन्य छ जना वडाध्यक्ष पनि निर्विरोध निर्वाचित भएको जानकारी दिइएको छ । निर्वाचन अधिकृतको कार्यालयले त्यसको औपचारिक घोषणा भने गरेको छैन ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend