काठमाडौं । सुदूरपूर्वी जिल्ला ताप्लेजुङमा एकजना उम्मेदवार सर्वसम्मत वडाअध्यक्षमा निर्वाचित भएका छन् । चीनसँग सीमा जोडिएको फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोला वडको गाउँभेलाले स्थानीय छेतेन शेर्पालाई सर्वसम्मत वडाअध्यक्षमा चयन गरेको हो ।
नेकपा एमालेनिकट उनले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनको औपचारिक प्रक्रिया पूरा गरेपछि जनप्रतिनिधिको भूमिका निर्वाह गर्नेछन्।