आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

शंखरापुर नगरपालिकामा गठबन्धन भत्कियो, छुट्टाछुट्टै रुपमा उम्मेदवार दर्ता

शंखरापुर नगरपालिकामा गठबन्धन भत्कियो, छुट्टाछुट्टै रुपमा उम्मेदवार दर्ता

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा विना गठबन्धन दलहरूका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले छुट्टाछुट्टै रुपमा उम्मेदवार दर्ता गराएका हुन् ।

सो नगरपालिकामा एमालेका तर्फबाट प्रमुखका लागि कृष्णलाल बजगाईँ र उपप्रमुखका लागि लक्ष्मी केसीले उम्मेदवारी दिएकी छन् । काँग्रेसबाट प्रमुखका लागि ओम बहादुर कार्की र उपप्रमुखका लागि समिता श्रेष्ठले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै नगर प्रमुख पदका लागि माओवादी केन्द्रबाट निरज केसी, एकीकृत समाजवादीबाट एलपी श्रेष्ठ र राप्रपाबाट रमेश नापितले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै उपप्रमुख पदका लागि माओवादी केन्द्रबाट चन्डिका दंगाल, एकीकृत समाजवादीबाट सुधा उप्रेती राप्रपाबाट विजायकुमारी वाइवाको उम्मेदवारी परेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend