
काठमाडौं । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्ण मल्ललाई पार्टीबाट हटाईएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा पार्टीको हितविपरीत काम गरेको भन्दै पार्टीको सदस्य समेत नरहने गरि उनलाई पार्टीबाट निष्कासित गरिएको हो ।
‘नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई काँग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ’ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धरा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend