logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • कमलामाई नगरपालिकामा गठबन्धनका उपप्रमुख श्रेष्ठको उम्मेदवारी रद्द

    कमलामाई नगरपालिकामा गठबन्धनका उपप्रमुख श्रेष्ठको उम्मेदवारी रद्द

    6.3K
    Shares

    सिन्धुली । कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ । उनको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा उम्मेदवारी रद्द भएको हो ।

    उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेका थिए ।

    त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई वडाध्यक्षसहित छ वडा सदस्य र नेपाली कांग्रेसको एक वडा सदस्यको पनि उम्मेदवारी दर्ता भएको छैन ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कमलामाई–४ मा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णुकुमार श्रेष्ठको प्रस्तावकको विवरण नभिड्दा उमेदवारी दर्ता भएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नं ११ मा वडाध्यक्षमा उम्मेदवारी दिएका मेमबहादुर ठकुरीको पनि सर्मथकको विवरण नभिड्दा उम्मेदवारी दर्ता भएको छैन ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा सदस्य पदमा वडा नं २ मा सदस्यमा उम्मेदवारी दर्ता गराएका सोमाया सार्की, वडा नं ११ मा वीरबहादुर माझी, वडा नं १२ मा वडासदस्य पदमा उम्मेदवारी दर्ता गराएका ढालबहादुर विक, वडा नं १ का लक्ष्मण सुनुवार, वडा नं १० मा वडासदस्य पदमा उम्मेदवारी दिएका उज्ज्वल कोइराला र वडा नं ४ मा मान्दोसिं भोलनले दिनुभएको वडासदस्य पदको उम्मेदवारी प्रस्तावक र समर्थकको विवरण नभिड्दा दर्ता भएको छैन ।

    यस्तै नेपाली कांग्रेसबाट वडा नं ९ मा वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका टीकाप्रसाद घिमिरेको पनि प्रस्तावकको विवरण नभिड्दा उम्मेदवारी दर्ता हुन नसकेको मुख्य निर्वाचन अधिकृत सापकोटाले जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend