आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

वडाअध्यक्षको टिकट नपाएपछि एमालेका जिल्ला सदस्य थापाले गरे पार्टी परित्याग

वडाअध्यक्षको टिकट नपाएपछि एमालेका जिल्ला सदस्य थापाले गरे पार्टी परित्याग

बागलुङ । नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य खिम थापाले पार्टी परित्याग गरेका छन् । बागलुङ नगरपालिका–१० मा थापाले टिकट नपाएपछि पार्टी परित्याग गरेका हुन् ।

सामाजिक सञ्जालमा अपिल लेख्दै थापाले एमालेबाट अलग घोषणा गरेका हुन । भकुण्डेको वडा अध्यक्षका लागि आकांक्षी रहेका थापाले उम्मेदवार छनोटमा आफूलाई अन्याय भएको भन्दै पार्टी परित्याग गरेर स्वतन्त्र रहेको बताए ।

उनले भने, ‘अधिकतम कार्यकर्ताको चाहना के छ भनेर सल्लाह नगरी जनताको भविश्वप्रति खेलवाड गरेकाले पार्टी छाड्ने निर्णयमा पुगें ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend