मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु

सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु

 

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । सिमकोट माथिल्लो बजार साथीको कोठामा एक जना म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए ।

जिल्लाको सर्केगाड गाउँपालिका–६ घर भई हाल सिमकोटमा रहेका अन्दाजी ४५ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ओझाले बताए ।

साथीको कोठामा झ्याल ढोका बन्द गरेर भुईँमा मृत्यु भएको अवस्थामा उनको शव भेटिएको उनले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend