आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

निर्मला पन्तको बलात्कारपछि हत्या विषयमा छानबिन गर्न नदिने पनि काँग्रेस नै हो: अध्यक्ष ओली

निर्मला पन्तको बलात्कारपछि हत्या विषयमा छानबिन गर्न नदिने पनि काँग्रेस नै हो: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले नै महिलाको अस्थित्वको रक्षा गरेको बताए । उनले नेपाली काँग्रेसले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा अध्ययन तथा छानबिन गर्न नेपाली काँग्रेसले गर्न नदिएको बताए ।

अध्यक्ष ओलीले भने, ‘मी टू के केही जवाफ हुन्छ, चुनाव आयो कि मिटू । म एउटा कुरा के भन्छु भने महिला अस्मिता, अधिकारको सम्बन्धमा, सुरक्षाको सम्बन्धमा नेकपा एमाले जति सजग अरु कोही पनि छैन । निर्मला पन्तको बलात्कार र बलात्कारपछि हत्याकाण्ड भयो । त्यसको छानबिन गर्न नदिएर त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसले छानबिन गर्न नदिने अगुवाइ ग¥यो । उता सडकमा छानबिन होस् भन्ने भित्र छानबिन गर्न नदिने । नेपाली काँग्रेसको सरकार छ, गृहमन्त्रालय सम्हालेको छ, काँग्रेसकै गृहमन्त्री हुनुहुन्छ । ९/ १० महिना कानमा तेल हालेर बस्नुभयो । आज के गर्दै हुनुहुन्छ ? छानबिन गर्नुस् न अहिले । किन गर्नुहुन्न । अहिले हामी छानबिन गर्न दिन्छौ । त्यतिबेला दिएको थिएन ।’

अध्यक्ष ओलीले ५ दलीय गठबन्धन देशको लागि कष्ट भएको बताए । उनले गठबन्धनलाई लुतोको संज्ञा दिँदै वैशाख ३० गते लुतोलाई भगाउने बताए ।

अध्यक्ष ओलीले भने, ‘५ दलीय गठबन्धन देश र अहिलेका निम्ति कष्ट हो । पीडा हो । अलिक समयका लागि आएको लुतो हो । ठूलै घाउ पनि होइन तर बस्न पनि दिँदैन । केही समयका लागि पीडा हो । यस पीडालाई हामीले निर्वाचनको माध्यमबाट पन्छाउनु पर्छ । लुतो पन्छाउने दिन हुन्छ नेपालमा । यस पल्ट दुइृ दिन हुने भयो । एउटा लुतो पन्छाउने दिन सरेर वैशाख ३० आयो । अर्को अन्तितमा पन्छाउने दिन मंसिरमा आउँछ । लुतो पन्छाएर छोड्नुपर्छ । यो असंवैधानिक गठबन्धन लुतो हो । यसलाई पन्छाउँ ।’

अध्यक्ष ओलीले काँग्रेसले जे भन्छ त्यही मान्ने भएकोले नेकपा एस ना रहेको आरोप लगाए । उनले अहिले देशको अर्थतन्त्र धेरै अफ्ठ्यारो स्थितिमा रहेको उल्लेखसमेत गरे ।

सम्बन्धित समाचार:

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend