logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • उम्मेदवारी फिर्ता गराउन उम्मेदवारलाई धम्की प्रलोभन नदिन निर्वाचन आयोगको आग्रह

    उम्मेदवारी फिर्ता गराउन उम्मेदवारलाई धम्की प्रलोभन नदिन निर्वाचन आयोगको आग्रह

    3.2K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन नदिन आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति निकालेर कतिपय उम्मेदवारको मनोनयन फिर्ता लिन धरपकड भइरहेका सूचना आयोगमा आएको उल्लेख गरेका छन् ।

    ‘स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगले भनेको छ ।

    संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन उम्मेदवारी दर्ता गर्न निर्वाचित र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार रहेको आयोगको भनाइ छ ।

    ‘यस्ता अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने गतिविधि जुनसुकै प्रकृति र मात्राका भए पनि त्यसले संविधान, कानून र लोकतन्त्रमाथि आघात पुयाउने भएकोले यस्ता हर्कत् नगर्न÷नगराउन आयोग सरोकारवालाहरु सबै प्रति आग्रह गर्दछ,’ आयोगले भनेको छ ।

    बागी उम्मेदवारी दिएकाहरूलाई विभिन्न दलले आज अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता गर्न निर्देशन नै जारी गरेका छन् । सत्तागठबन्धनले पनि बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आज आग्रह गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend