logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • मिस ईन्टरनेश्नल क्विन २०११ को विजेता रजनी टोखा नगरको मेयरमा लड्दै

    मिस ईन्टरनेश्नल क्विन २०११ को विजेता रजनी टोखा नगरको मेयरमा लड्दै

    9.9K
    Shares

    काठमाडौं । टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार रजनी थापाले विगतमा आफुले गरेका काम र अनुभवबाट टोखा परिवर्तनका लागि मेयरमा उम्मेदवारी दिएको बताएकी छन् । सुनौलो नेपालसँगको कुराकानीमा टोखा नगरपालिकामा महसुश गर्न सकिने विकास गर्न आफु तयार भएको बताएकी छन् ।

    ‘विकास आँखाले देख्न पाओस, कानले सुन्न पाओस र महशुस गर्न पाओस् । सवै कामहरु सहज होस् । साँझ घर पगेर सुत्दा साच्चीकै सरकार घरघरमा पुगेको रैछ भन्ने महशुस गराउन म चुनाव लड्न लागेको हो ।’ उनले भनिन् ।

    उनले टोखा नगरपालिकामा निःशुल्क शिक्षाको व्यवस्था, युवालाई उद्यमशीलतामा लगाउने बताईन् । टोखा नगरपालिकामा उत्पादन हुने स्थानिय स्तरका उत्पादनलाई ब्राण्ड बनाउने उनको योजना छ ।

    ‘टोखा नगरपालिकाको चाकु संसारभर प्रख्यात छ । यसलाई उद्योगमा परिणत गरेर ब्राण्ड किन नबनाउने ?, झोरमा दुधबाट बन्ने मिठाईको परिकारलाई ब्राण्ड किन नबनाउने ? पर्यटकिय स्थलको संरक्षण गरि टोखामा पर्यटकको मात्रा अझै वृद्धि गर्ने मेरो योजना छ ।’ उनले भनिन् ।

    रजनी मिस ईन्टरनेश्नल क्विन २०११ को विजेता पनि हुन् । उनले उक्त सुन्दरी प्रतियोगिताले आफुमा व्याक्तित्व विकास,बोल्ने कलाको पनि विकास गरेकाले सुन्दरी प्रतियोगिता राम्रो क्षेत्र भएको बताईन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend