logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सरकार राजश्व बढाउन खोज्छ निजी क्षेत्र घटाउन, यो दुबै गलत हो : अर्थमन्त्री

    सरकार राजश्व बढाउन खोज्छ निजी क्षेत्र घटाउन, यो दुबै गलत हो : अर्थमन्त्री

    3.6K
    Shares

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजश्व घटाउने वा बढाउने विषयमा रोइकराई हुने गरेको बताएका छन् । सरकारले राजश्व बढाउन खोज्ने र निजी क्षेत्र सकेसम्म घटाउन खोज्ने भन्दै यो दुबै गलत भएको बताए । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले राजश्व बढाउन वा घटाउन रोइकराई गर्ने बानी हटाएर उत्पादनमा जोड दिनुपर्ने बताए ।

    अहिले मुलुकमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै उनले वैदेशिक लगानी बढ्ने क्रममा रहेको समेत बताए । ३÷४ वटा प्रोजेक्टमा वैदेशिक लगानी आउन लागेको समेत उनले जानकारी दिए ।

    खाद्य वस्तुको आयात अत्यधिक भएको भन्दै अर्थमन्त्री शर्माले कृषिमा रुपान्तरण जरुरी रहेको बताए । बाँझो जमिन राख्नै नहुने भन्दै उनले उत्पादनमा सरकारले जोड दिने बताए । उत्पादनमूलक उद्योगका विद्युतको समस्या समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गरेको जानकारी उनले गराए ।

    आफ्नो गर्नुपर्ने काम गर्न सरकार तयार रहेको भन्दै उनले निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा ध्यान दिनुपर्ने बताए ।
    निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार रहेको भन्दै कर बढी लागेर उत्पादन महंगो परेको भए त्यसमा सहजीकरण गर्न पनि सरकार तयार रहेको बताए ।

    स्वदेशी उत्पादन बढाउने र राष्ट्रको विकास गर्ने कुरामा सरकार गम्भीर रहेको अर्थमन्त्री शर्माको भनाइ छ । खुला सिमानाका कारण फाइदा र बेफाइदा दुबै रहेको भन्दै उनले चोरीपैठारी रोक्न भने विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend