आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

युक्रेनी जनता आफ्नो भूभाग त्याग्न तयार छैनन्: जेलेन्स्की

युक्रेनी जनता आफ्नो भूभाग त्याग्न तयार छैनन्: जेलेन्स्की

 

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना जनता रसका लागि भूमि त्याग्न तयार नरहेको बताएका छन् । उनले हजारौँ युक्रेनी सेना र सर्वसाधारण मारिएपछि पनि युक्रेनी जनता युक्रेनको भूभाग रुसका लागि त्याग्न तयार नरहेको कुरामा आफू विश्वस्त रहेको बताएका हुन् ।

ग्रिक पब्लिक ब्रोडकास्टर ईआरटीलाई अन्तर्वार्ता दिँदै जेलेन्स्कीले भनेका छन्, “हामीमध्ये कोही पनि तयार छैनन् । जबर्जस्ती सिमानाहरू परिवर्तन भइरहेका छन् ।

नत्र युक्रेनमा सिमानाहरू परिवर्तन हुँदैनन् । हामी हाम्रो भौगोलिक एकता पुनःस्थापना गर्न तयार छौँ । यदि, हामी रुसलाई आफ्ना भूभाग दिन तयार भएको भए त्यति धेरै मानिसले बिनाअर्थ ज्यान गुमाउने थिएनन् । फेरि, रुस आफूले कब्जा गरेका स्थानमा पनि बसिरहँदैनथ्यो ।”

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend