शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता छ: अर्थमन्त्री शर्मा

मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता छ: अर्थमन्त्री शर्मा

u[xdGqL hgfb{g zdf{ d+unjf/ u[xdGqnodf kqsf/ ;Dd]ng u/L u[x k|zf;g ;'wf/ dfu{lrq ;j{hflgs ub}{ . tl:j/÷lgd]if h+u /fO{÷kf]i6

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको बताएका छन् । मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान गर्नको लागि मुलुकको राष्ट्रिय सम्पत्तिको लेखा परिक्षण गर्नु पर्ने आवश्यकता भएको बताएका हुन् ।

उनले मुलुकको विभिन्न क्षेत्रमा लेखा परिक्षण गरेर राष्ट्रको सम्पत्ति एकिन गर्न सक्नु पर्ने बताए । मुलुक भित्रका हिमालहरु, तराई, पहाड, नदिहरु, झरनाहरु , श्रमिक र युवा बहुल श्रमिकहरुको मूल्य पहिचान गरेर लेखा परिक्षण गर्नु पर्ने बेला आएको भन्दै मन्त्री शर्माले लेखा परिक्षकहरुलाई परिक्षण गर्न आग्रह गरे । उनले यस्तो कुराहरुको लेखा परिक्षण नगरि राष्ट्र निर्माणलाई नयाँ दिशा दिन नसकिने बताए । मन्त्री शर्माले मुलुकको राष्ट्रिय स्वाधिनता जोगाउन र आत्मनिर्भर बनाउनको लागि आफ्नो इमान्दारिताको समेत परिक्षण गर्न जरुरी रहेको दोहो¥याए ।

अर्थमन्त्री शर्माले विगतमा लेखा परिक्षणमा कहाँ–कहाँ त्रुटी भएको छ ? त्यसको खोजी भईरहेको बताए । लेखा परिक्षकहरुले परिक्षण गर्दा भाग गर्ने चिन्ह प्रयोग गर्न पर्ने स्थानमा गुणा गरियो भने ठूलो समस्या र चुनौती आउनु भन्दै मन्त्री शर्माले इमानदारिता, जिम्मेवारी भएर लेखा परिक्षण गर्नु पर्ने बताउनु भयो । उहाँले लेखा परिक्षण गर्ने परिक्षक व्यक्तिगत स्वाथ्र्यमा लाग्यो भने देशको अर्थतन्त्र वा समग्र प्रणालीमा नै असर पर्नेतर्फ सचेत गराए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend