logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • भरतपुरमा सत्तारुढ गठबन्धन दलहरूको घोषणापत्र सार्वजनिक

    भरतपुरमा सत्तारुढ गठबन्धन दलहरूको घोषणापत्र सार्वजनिक

    8K
    Shares

    चितवन । चुनावी तालमेल गरेर भरतपुर महानगरपालिकामा उम्मेदवार उठाएका सत्तारुढ गठबन्धन दलहरूले मंगलबार घोषणापत्र सार्वजनिक गरेका छन् । भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।

    घोषणापत्रमा गठबन्धनको विगत गौरवपूर्ण रहेको र अबको गठबन्धन समृद्ध भरतपुरको परियोजनाका लागि हुने उल्लेख छ ।

    २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि भरतपुर महानगरपालिकामा मेयरमा रेनु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह ठकुरी चुनावी तालमेल गरेर उठेका थिए र निर्वाचनमा विजयी भएका थिए ।

    साथै गठबन्धनको परिक्षण भइसकेको र उपलब्धिको लामो सूची तयार भएको घोषणापत्रमा उल्लेख छ । आगामी वर्षहरुमा महानगरको सहरी पूर्वाधारलाई एसियाली मापदण्ड अनुरुपको बनाउने भनिएको छ ।

    नरायणगढ र भरतपुरका चोकहरुमा आर्टिफिसियल इन्टेलिजेन्स ट्राफिक लाइट राख्ने, आवश्यक स्थानमा फ्लाइ ओभर र अन्डरपास बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ । भरतपुरलाई औपचारिक मेडिकल सिटी घोषणा गरेर प्रभावकारी मेडिकल बोर्ड गठन गर्ने, हरेक वडामा अस्पताल बनाउने, सबै आधारभूत अस्पताल र स्वास्थ्य केन्द्रमा डाक्टरसहितको २४ घण्टे सेवा र बर्थिङ सेन्टर खोल्ने पनि उल्लेख छ ।

    जंगली जनावरबाट आक्रमणमा परेर घाइते हुनेहरुका लागि भरतपुर–२४ मा ट्रमा सेन्टर खोल्ने, विपन्न परिचयपत्रका आधारमा बच्चा एक वर्षको हुने बेलासम्म मासिक एक हजार रुपैयाँ भत्ता दिने गठबन्धनले जारी गरेको घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा स्वास्थ्य क्षेत्रमा समाजवाद ल्याउने उल्लेख छ । त्यसै गरी कृषि पेशामा लाग्नेहरुको पहिचान गरेर अभिलेख राख्ने र पेन्सन दिने पनि प्रतिबद्धतापत्रमा उल्लेख छ ।

    पर्यटनलाई स्वरोजगारको आधार र भरतपुरलाई बेरोजगारमुक्त बनाउने पनि भनिएको छ । यस्तै भरतपुरमा चाँडै नै विद्युतीय बस चलाउने र गोन्द्रङ, पोखरा बसपार्क, ध्रुब, गोलाघाट, रातापुर, शुक्रनगर र गंगानगरमा चार्जिङ स्टेशन बनाउने गठबन्धनको घोषणा छ । मेयर उम्मेदवार रेनु दाहाल, उपमेयर उम्मेदवार चित्रसेन अधिकारी र नेपाली कांग्रेस चितवन सभापति राजेश्वर खनालले प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend