logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कांग्रेसलाई समर्थन गर्न धनुषामा जसपाका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

    कांग्रेसलाई समर्थन गर्न धनुषामा जसपाका उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

    2.7K
    Shares

    धनुषा । धनुषाको बटेश्वर गाउँपालिकामा अध्यक्षमा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवारले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् । गठबन्धनको प्रयास असफल भएपछि अन्तिम समयमा जसपाबाट उम्मेदवारी दिएका राजकिशोर महतोले कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार रामअशिष महतोलाई समर्थन गरेका हुन् ।

    जसपाबाट राजकिशोरले मात्र गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । शनिबार बटेश्वर बजारमा आयोजित कार्यक्रममा उनले कांग्रेस उम्मेदवार महतोलाई आफ्नो समर्थन रहने घोषणा गरे ।

    आफूले जित्न नसक्ने अवस्थामा गठबन्धनभित्रकै जित्न सक्ने पार्टीका उम्मेदवारलाई समर्थन गर्नुपर्ने गठबन्धनको सर्कुलर अनुसार कांग्रेस उम्मेदवार रामअशिषलाई समर्थन गरेको उनले बताए ।

    ‘हामीले अन्तिम समयसम्म गठबन्धन गर्ने प्रयास गरेका थियौं तर सकेनौं । कार्यकर्ताको व्यापक दबाब आएपछि मैले उम्मेदवारी दिएँ। गठबन्धनभित्रकै अलि बलियो पार्टीलाई समर्थन गर्ने गठबन्धनको सर्कुलरपछि म पछि हटेँ,’ राजकिशोरले भने ।

    जसपा कार्यकर्तालाई गाउँपालिका प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह समेत गरे । राजकिशोरको समर्थनपछि आफ्नो जीत सुनिश्चित भएको रामअशिषले दाबी गरे । बटेश्वर गाउँपालिकामा कांग्रेस, नेकपा एमाले र माओवादीबीच मुख्य प्रतिस्पर्धा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend