आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित सिद्धिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो साढे १ बजे ओखलढुंगाको ठाडेबाट सदरमुकाम आउँदै गरेको ग१त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक सिद्धिचरण नगरपालिका–७ बिगुटारका २२ वर्षीय प्रेम लाक्पा शेर्पाको मिसन अस्पताल ओखढुंगामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend