शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

घरदैलोका क्रममा स्थापित र बालेनको जम्काभेट, अंकमाल गरेर दिए एकअर्कालाई शुभकामना

घरदैलोका क्रममा स्थापित र बालेनको जम्काभेट, अंकमाल गरेर दिए एकअर्कालाई शुभकामना

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका बालेन शाहको जम्काभेट भएको छ ।

चुनावी प्रचारप्रसार तथा घरदैलोका क्रममा आज बिहान काठमाडौंको शान्तिनगर क्षेत्रमा स्थापित र बालेनको समूह जम्काभेट भएको थियो । स्थापित र बालेनले अंकमाल गर्दै एकअर्कालाई शुभकामना पनि दिएका थिए ।

बालेनको टिममा रहेका विवेक बास्तोलाका अनुसार स्थापित र बालेनबीच भेट हुँदा शुभकामना आदानप्रदान भएको थियो । ‘शान्तिनगरमा जम्काभेट हुँदा उहाँहरूले शुभकामना दिनुभयो,’ उनले भने ।

चुनावी प्रचारप्रसारका क्रममा भएका कार्यक्रममा स्थापित बालेनप्रति आक्रमक देखिने गरेका थिए । केही दिनअघि स्थापितले बालेनलाई आफ्नो परिचय लुकाएर भोट माग्ने गरेको आरोप लगाएका थिए ।

स्थापितका अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले उनलाई स्पष्टीकरणसमेत सोधेको थियो । बालेनले भने स्थापितका अभिव्यक्तिमा जवाफ दिँदै स्थापित आफ्नो ‘ब्राण्ड एम्भेस्डर’ भएको प्रतिक्रिया दिएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend