आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

भरतपुरको मेयर जितेपछि भारतका केजरीवालसँग भेटेर विकासका मोडल सिक्नेछु : विजय सुवेदी

भरतपुरको मेयर जितेपछि भारतका केजरीवालसँग भेटेर विकासका मोडल सिक्नेछु : विजय सुवेदी

भरतपुर । भरतपुर महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरमा रेनु दाहालले एउटा पनि योजना पुरा नगरेको बताएका छन् । भरतपुरमा नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै सुवेदीले विकास समतामुलक हुनपर्नेमा भरतपुरमा त्यसो नभएको बताएका हुन् ।

२.६ प्रतिशतका दरले जनसङख्या वृद्धि भईरहेको भरतपुरमा व्यवस्थित बास्थान बनाउनका लागि शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यकता पुरा गराउनका लागि सुरक्षित भरतपुर बनाउनुपर्ने बताए । नेपालकै सबैभन्दा नुमना महानगर बनाउने योजना सुनाए । उनले चनौली र रामपुरलाई नयाँ शहर बनाउने योजना सुनाए ।

सुवेदीले वर्षमा ५ हजार जनालाई रोजगारी दिने योजना रहेको सुनाए । भरतपुर महानगरलाई माग्ने होईन दानी महानगर बनाउने बताए । भ्रष्टाचार गर्ने लाई ठाउँको ठाउँ कारबाही गर्ने, करको दर नभई दायरा बढाउने योजना सुनाए ।

महानगरमा आफु मेयर बनेपनि सवैभन्दा पहिला लगानी सम्मेलन गर्ने बताए । मेयरमा जितेपछि सवैभन्दा पहिला भारतको भ्रमणमा गई केजरीवालालई भेटेर विकासका मोडल तयार पार्ने बताए ।

नेकपा एमालेको तर्फबाट चुनाव जितेपनि मेयर भईसकेपछि सवैको साझा मेयर बन्ने बताए । उनले भरतपुर महानगरको फोहोरमैला व्यवस्थापन, नारायणी नदीको सफाई गर्ने बताए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend