आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो: अध्यक्ष लिङ्देन

निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो: अध्यक्ष लिङ्देन

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन् । अध्यक्ष लिङ्देनले आज हेटौँडामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताए ।

उनले म मात्र सुध्रेर नहुने बताउँदै कांग्रेस, एमाले र माओवादी पनि सुध्रिन जरुरी रहेको जिकिर गरे । उनले भने, “यसबाट थाहा हुन्छ कि उनिहरू जनताबाट कति टाढा भइसके ।”

राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौँडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले डोजर र जग्गा पल्टिङको मात्र विकास गरेको टिप्पणी गरे । उनले आफूले हेटौँडामा स्वास्थ्यको समस्या धेरै समय अघिबाट देखेको तर यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले समस्यको समाधानको लागि केही पहल नगरेको आरोप लगाए ।

उनले आफूलाई हेटौँडाको अस्पतालमा एमआरआई र सिटिस्क्यान समेत नहुने जानकारी आएको बताउनुहुँदै बागमती प्रदेशको राजधानी भएर पनि यहाँको जनप्रतिनिधिहरूले अस्पतालको विकास गर्न नसकेको आरोप लगाए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend