शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आयोगले सामाजिक सञ्जालमा उम्मेदवारहरूको फ्यानले कुनै पोस्ट बुस्ट गरेको भए हटाउन आग्रह गरेको हो

उम्मेदवारको फ्यानहरुलाई मौनअवधि अघि सामाजिक सञ्जालमा भएको पोस्ट हटाउन निर्वाचन आयोगको आग्रह

उम्मेदवारको फ्यानहरुलाई मौनअवधि अघि सामाजिक सञ्जालमा भएको पोस्ट हटाउन निर्वाचन आयोगको आग्रह

आयोगले सामाजिक सञ्जालमा उम्मेदवारहरूको फ्यानले कुनै पोस्ट बुस्ट गरेको भए हटाउन आग्रह गरेको हो

 

काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ । निर्वाचन आयोगले सामाजिक सञ्जालमा उम्मेदवारहरूको फ्यानले कुनै पोस्ट बुस्ट गरेको हुनसक्ने भन्दै मौन अवधि सुरु हुनुअघि नै त्यस्ता पोस्ट हटाउन आग्रह गरेको छ ।

‘मौनअवधि वैशाख २७ गते राति १२ बजेदेखि सुरु हुने तथ उम्मेदवार र उनीहरुको फ्यानहरुको टिकटक, ट्वीटरलगायतको पेजहरूमा स्पोन्सर पोस्ट हुनसक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानहरुलाई मौन अवधि सुरु हुनअगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिता विपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिन तथा सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबारको पत्रकार सम्मेलनमा भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend