logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न प्रतिबन्ध

    मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न प्रतिबन्ध

    4.5K
    Shares

    काठमाडौं । निर्वाचन आयोगले बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको छ । निर्वाचन आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो ।

    तोकिएको अवधि र ठाउँमा मादक पदार्थको विक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनु भयो । आयोगले कालो, रातो, निलो वा हरियो मध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ ।

    निर्वाचन आयोगले चितवनको भरतपुरस्थित गणेशथानमा निर्वाचन आचारसंहिता विपरित भूमिको निस्सा बाँडने काम गरेको भन्दै राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई स्पष्टिकरण सोधेको छ । आयोगका अध्यक्ष बद्री तिमिल्सिना र उपाध्यक्ष नहेन्द्र खड्काले त्यसो गरेको भन्दै ३ दिन भित्र आयोगमा स्पष्टिकरण बुझाउन निर्देशन दिएको हो । त्यसैगरी आयोगलाई स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने मितिसम्म भूमि निस्सा वितरण गर्ने कार्य स्थगित गर्न पनि निर्देशन दिइएको प्रवक्ता पौडेलले बताउनु भयो ।

    निर्वाचन आयोगले सरकारी गाडी लिएर काँग्रेसको चुनावी सभामा सहभागी भएको भन्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पनि स्पष्टिकरण सोधेको छ ।

    निर्वाचन आयोगले निर्वाचनको मिति बैशाख ३० गते भन्दा अघि बैशाख २८ र २९ गते मतदाता परिचय पत्र वितरण गर्न पनि सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देश गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend