आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मतदाता शिक्षा लिन नयाँ मतदाताको भीड

मतदाता शिक्षा लिन नयाँ मतदाताको भीड

काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा र मतदाता परिचयपत्र वितरण गर्न शुरु गरेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण शुरु गरेको हो ।

आज (बुधवार) र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र निर्वाचन केन्द्रहरुबाट मतदाता शिक्षा र मतदाता परिचय पत्र वितरण गरिरहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताहरुले हालेको मतदान बदर नहोस् भनेर मतदाता शिक्षा दिन लागेको आयोगले बताएको छ । मतदाता शिक्षा लिनका लागि नयाँ पुस्ताहरु अधिकांश मतदान स्थलमा आएको नयाँ बनेश्वर मतदान केन्द्र ‘ग’का मतदान अधिकृत भगवान उप्रेतीले बताए । उनले बिहान १० बजेबाट मतदाता परिचय पत्र वितरण गरेको र वैशाख ३० गतेका लागि आवश्यक तयारी गरिरहेको बताए । मतदान अधिकृत उप्रेतीले मतदाताहरुले नमूना मतपत्रमा मत हाल्न सिकएको बताए ।

उनले भनेो, स्वतन्त्र र राजनीतिक दलहरुले नलिएका मतपत्रका चिन्हहरुमा मत हाल्न सिकाएका हौँ, ७४ सालमा मत नहालेकाहरुले अहिले मत हाल्न सिक्न आउनुभएको छ ।’

त्यस्तै काठमाडौं जिल्ला अदालतकी कर्मचारी अनुपमा भट्टराईले मतदाता शिक्षासँगै मतदाता परिचय पत्र पनि वितरण गरिरहेको बताए । उनले नयाँ मतदाता परिचय पत्र बनाएका र स्थानीय निर्वाचनमा यसअघि मत नहालेका मानिसहरु मत हाल्ने तरिका सिक्न आएको उल्लेख गरे ।

उनले भने, ‘कतिपयले यो के हो भनेर सिक्न चाहनुभएको छ, कतिपयले सिकेको नै हुनुहुन्छ मतपत्र मात्रै लिन आउनु भएको छ, हामलिे नमूना मतपत्रमा भोट हाल्न सिकाइरहेका छौँ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend