आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुदाँ एक जना घाइते

बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुदाँ एक जना घाइते

 

बझाङ । बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ । झडप हुदाँ एक जना घाइते भएका छन् ।

बझाङको सुर्मा–५ सैनगाउँमा नेपाली कांग्रेस र नकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परि नेकपा एमालेका एकजना कार्यकर्ताको आँखामा चोट लागेको छ ।

सुर्मा गाउँपालिकाको सैनगाउँस्थित धौलदेउ आधारभूत विद्यालयमा दिउँसो साढे ४ बजे भएको झडपमा परि एमाले कार्यकर्ता रामबहादुर बोहराको दाहिने आखाँमा चोट लागेको प्रहरीले जनाएको छ ।

अशक्त, अपांग ब्यक्तिहरुको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच सामान्य झडप परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend