आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

दोलखामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, २ जना गम्भिर घाइते

दोलखामा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, २ जना गम्भिर घाइते

काठमाडौं । दोलखा जिल्लाको तामाकोशी गाउँपालिका – ३ छौडेमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झगडा हुँदा दुई जना घाइते भएका छन् । आज (बिहिबार) दिउँसो तीन बजेतिर भएको घटनामा ललितपुर महानगरपालिका –१० का २१ वर्षीय समिर शाही र दोलखा तामाकोशी–३ का ३० वर्षीय दीपक पोखरेल गम्भीर घाइते भएका छन् ।

शाहीको स्वास्थ्य चौकी जफेमा उपचार भइरहेको छ ।

यस्तै पोखरलेको दुवै खुट्टाको तिघ्रामा धारिलो हतियार प्रहार गरिएको छ । उनको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारका लागि चरिकोट ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी छौडेको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मकवानपुर हेटौँडाका रविन दाहाल र ललितपुर – १० का मिलन शाहीलाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend