आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

हाँसमा बर्डफ्लु पुष्टि

हाँसमा बर्डफ्लु पुष्टि

21865725 - domestic ducks flock on the walk

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा रहेको एउटा हाँस फार्ममा बर्डफ्लु देखिएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतसँग सीमा जोडिएको गोडैता नगरपालिका–५ मा रहेको जेके पशुपालन तथा पोल्ट्री फार्म हाउसमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । बिहीबार बिहानदेखि पशु सेवा विभागबाट खटिएको टोलीले फार्म हाउस तथा आसपासका क्षेत्रमा निरीक्षण अनुगमन गरिरहेको छ ।

उक्त फार्ममा पालिएका ५५० वटा हाँसमध्ये बर्डफ्लुका कारण ३८२ वटा हाँस मरिसकेका र हाल फार्ममा १६८ वटा जिउँदो हाँस रहेका घटनास्थलमा खटिएका पशु सेवा विभागका डा। विजय चौधरीले जानकारी दिए । बर्डफ्लु देखिएपछि विभागले राष्ट्रिय पशु प्रजनन केन्द्र लहानका पशु चिकित्सक चौधरीसहितको टिमलाई बिहीबार गोडैता पठाएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend