शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

मतदान गोप्य नै हुनुपर्छ भन्ने छैन: बाबुराम भट्टराई

मतदान गोप्य नै हुनुपर्छ भन्ने छैन: बाबुराम भट्टराई

 

 

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले गरेको मतसंकेतसमेत सार्वजनिक गरेका छन् । स्थानीय तह निर्वाचनमा आफूले गरेको मतसंकेतसमेत सार्वजनिक गरेका भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने सिद्धान्न नभएको प्रष्टिकरण दिएका छन् ।

उनले शुक्रबार विहान गोरखाको पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका थिए । जसमा उनले आफूले गरेको मतसंकेत समेत देखिने गरी तस्वीर सार्वजनिक गरेका थिए ।

 

बाबुरामले मतपत्र देखाएको भन्दै आलोचना भएपछि उनले आफ्नो विचार–मत खुला रुपमा व्यक्त गर्न पाउनुपर्ने बताए । ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार–मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुदैन ।’

उनले अघि भनेका छन्, ‘गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend