काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा भोट हालेका छन् । उनले सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय (क) मा गएर भोट हालेका हुन् ।
ओलीले वैशाख नौ गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन बैशाख ३० बाट पर सारौँ भनेर आफुलाई प्रस्ताव गरेको बताए । ‘शेरबहादुरजीले बैशाख ९ गतेसम्म पनि मलाई ३० को निर्वाचन पर सारौँ भनेर भन्नुभएको तर मैले त्यसको विरोध गरेँ’, अोलीले भने, ‘उहाँहरुको नियत पहिला पनि देखेका हौ । गठबन्धनका नेताहरुले चैतमा सारौँ भनेर भनिरहेको हामीले सुनेको हो ।’