
काठमाडौं । स्थानीय तह निर्वाचनको मतदानाको लागि निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो । तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जनाएको छ।
देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको हो। निर्वाचनमा हालसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
यद्यपि अन्तिम विवरण आउन बाँकी छ। देशका केही स्थानमा झपड र विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ।
याे पनि:
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend