शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

ज्योतिष हेरेर आएको छु, जित सुनिश्चित छ: बालेन साह

ज्योतिष हेरेर आएको छु, जित सुनिश्चित छ: बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन साहले ज्योतिष हेरेर आएको बताउँदै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । ज्योतिष हेरेर साह बिहान ११ बजेर ३ मिनेटमा मतदान गरेका छन् ।

‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरेको हुँ।’ सञ्चारकर्मीलाई प्रक्रिया दिँदै साहले भने, ‘त्यसका आधारहरू हुन्छन्। वास्तुशास्त्र पनि हुन्छ। मैले सबै कुरा सोचेर मात्रै काम गर्छु। भएको कुरालाई विश्वास गर्ने नगर्ने भन्ने हुँदैन।’

ज्योतिष शास्त्र आफैमा विज्ञान भएकाले सबैले विश्वास गर्नुपर्ने साहले बताए। ‘ज्योतिष फिजिक्स हो। त्यो विज्ञान हो सबैले विश्वास गर्नु प¥यो निरु’ साहले भने।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend