logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • काठमाडौं महानगरमा ३०० मत गन्दा बालेन शाहको अग्रता

    काठमाडौं महानगरमा ३०० मत गन्दा बालेन शाहको अग्रता

    3.1K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकामा ३०० मत गन्दा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ७२ मत ल्याएर अग्रता लिएका छन्।

    दोस्रोमा कांग्रेसकी सिर्जना सिंहले ७० मत पाएकी छन् भने तेस्रोमा रहेका एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्।

    वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ।

    अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना सकिएको छ।

    अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ मत पाएका छन् भने राप्रपाका मदनदास श्रेष्ठले ८ मत ल्याएका छन्।

    मतगणना जारी छ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend