logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पोखरा महानगरपालिकाको मतगणना शुरु

    पोखरा महानगरपालिकाको मतगणना शुरु

    6.4K
    Shares

    पोखरा । पोखरा महानगरपालिकाको मतगणना शुरु भएको छ। मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी निल पनेरुका अनुसार दिउँसो साढ ४ बजे मतगणना शुरु भएको हो।

    पोखरा नगर विकास समिति र जिल्ला समन्वय समितिको हल गरेर ६ ठाउँमा गणना गरिने पनेरुले बताए। उनका अनुसार महानगरका वडा नम्बर १, १२ र २२ मतगणना शुरु भएको हो।

    शुक्रबार भएको मतदानमा १ लाख ४३ हजार २ सय १३ मत खसेको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी पनेरुले जानकारी दिए। पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता थिए ।

    पोखराको मेयरमा एमालेबाट कृष्ण थापा, नेकपा एसबाट धनराज आचार्य राप्रपाबाट शंकर खराल स्वतन्त्र उम्मेदवार गनेस पौडेल सहित पोखरा महानगरमा २३ जनाको उम्मेदवारी परेको छ । उपमेयरमा गठबन्धनबाट कोपिला रानाभाट, एमालेबाट मञ्जुदवी गुरुङ  सहित ८ जनाको उम्मेदवारी परेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend