logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • उदयपुरको रौतामा आगलागी हुँदा, ५० लाखको क्षति

    उदयपुरको रौतामा आगलागी हुँदा, ५० लाखको क्षति

    416
    Shares
    उदयपुरको रौतामा आगलागी हुँदा, ५० लाखको क्षति

    उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका ७ मा आगलागी हुँदा २ घर जलेका छन् भने रु ५० लाख बराबरको क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो ।

    आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित रु ३० लाख र छोरा रमेशको घरमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend