logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • टोखा नगरपालिकाको मेयर र उपमेयरमा एमालेको अग्रता 

    टोखा नगरपालिकाको मेयर र उपमेयरमा एमालेको अग्रता 

    7K
    Shares

     

     

    काठमाडौं । टोखा नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवारले अग्रता कायमै राखेका छन् । मेयर र उपमेयर दुबैमा कांग्रेस दोस्रो स्थानमा छ । एमालेका मेयरका उम्मेदवार प्रकाश अधिकारीले ५०१ मत ल्याउँदा कांग्रेस उम्मदेवार रजनी थापाले ४०० मत पाएकी छन् । हालसम्म ११५० मत गणना भएको छ ।

    उपमेयरमा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ३९१ मत प्राप्त गरेकी छन् । कांग्रेसका उपमेयर उम्मेदवार मुरारी तामाङले ३५४ मत ल्याए ।

    माओवादी केन्द्रका मेयरका उम्मेदवार शेखर श्रेष्ठले १४५ र उपमेयरका उम्मेदवार यमुना पुडासैनीले २०७ मत प्राप्त गरेका छन् । टोखामा राप्रपाका उम्मेदवारले मेयर र उपमेयरले क्रमशः ८२ र ८० मत ल्याएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend